Thursday, 20th August, 2026
वि.स.

सुन ओसार्ने ल्वागुन हेटौडा पक्राउ

मकवानपुरको हेटौँडामा प्रहरीले अबैध सुन सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले डेढ किलो सुन सहित भोजपुर जिल्ला षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई पक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित विक पक्राउ परेका हुन ।

उनको साथबाट प्रहरीले १ किलो ६ सय ४९ ग्राम सुन बरामद गरेको छ । विकले दुवै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा सुन लुकाएका थिए । विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०