Saturday, 15th August, 2026
वि.स.

सुनसरीका डाँगीलाई चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि

हेटौंडामा आयोजित प्रेम बहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले हात पारेका छन् । नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको उपाधि डाँगीले हात पारेका हुन् । उनले नगद ५० हजार हात पार्नुका साथ यहि अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधीत्व गर्नेछन् । 
२० माघमा सम्पन्न छैटौं खेलमा थापाथलीका सुमित पन्त दोश्रो र काठमाण्डौका नविन तण्डुकार तेश्रो भए । सुमितले नगद १५ हजार र नविनले साढे ७ हजार पुरस्कार प्राप्त गरे । 
हेटौँडामा संचालित प्रतियोगितामा काठमाण्डौका सुरज पण्डित चौथौं भए । त्यस्तै भक्तपुरका राज प्रजापति पाँचौं भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । 
प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठको  अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि मकवानपुर क्षेत्र नं. ४ का सांसद राजाराम स्याङ्तान, नेपाल बुद्धिचाल संघका सचिव एवं कार्यक्रम संयोजक नेकोस मकवानपुरका अध्यक्ष धरम बहादुर लामा लगायतले ट्रफि, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif