Tuesday, 29th September, 2026
वि.स.

मलेसियामा कामदारको न्यूनतम तलब आरएम ३,१०० पुर्‍याउन ट्रेड्स युनियन कांग्रेसको माग

malysia-1790573470.jpg

 मलेसियन ट्रेड्स युनियन कांग्रेस (MTUC) ले आगामी आर्थिक वर्षको बजेटमार्फत कामदारको न्यूनतम तलब बढाएर मासिक RM३,१०० पुर्‍याउन सरकारसँग माग गरेको छ।

(MTUC) ले हाल कामदारले प्राप्त गरिरहेको तलब उनीहरूको उत्पादकत्व तथा कम्पनीहरूले आर्जन गरिरहेको नाफाको वृद्धिसँग पर्याप्त रूपमा तालमेल हुन नसकेको जनाएको छ। कामदारको जीवनयापन लागत तथा श्रमको योगदानलाई ध्यानमा राख्दै न्यूनतम तलब पुनरावलोकन गर्नुपर्ने उसको माग छ।

MTUC का महासचिव कमरुल बहारिन मन्सोरले सरकारले आगामी बजेटमार्फत तलब वृद्धि गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

उनले निजी क्षेत्रलाई राम्रो पारिश्रमिक दिन प्रोत्साहित गर्नुअघि सरकारसँग सम्बन्धित कम्पनीहरू (GLC) तथा सरकारसँग सम्बन्धित लगानी कम्पनीहरू (GLC) ले आफ्ना कामदारलाई राम्रो तलब उपलब्ध गराएर उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।

MTUC को यो माग कार्यान्वयन भएमा मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका श्रमिकको पारिश्रमिकमा समेत प्रभाव पर्न सक्नेछ। यद्यपि, RM३,१०० न्यूनतम तलब बनाउने विषय हाल MTUC को माग मात्र होस सरकारले औपचारिक रूपमा यस्तो नयाँ न्यूनतम तलब घोषणा गरेको होइन।

मलेसियामा कार्यरत विदेशी श्रमिकको ठूलो संख्या नेपाली रहेको अवस्थामा आगामी बजेटमा मलेसिया सरकारले तलब बृदी लाइ चासोका साथ हेऋरहेका छन।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif