Friday, 21st August, 2026
वि.स.

साउनमा मात्रै ७० हजारको श्रम स्वीकृति

Untitled-design-(8)-1787300617.png

साउन महिनामा करिब ४२ हजार नेपालीले नयाँ काम खोज्दै पहिलोपटक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले मासिक रूपमा सार्वजनिक गर्ने प्रगति विवरणअनुसार साउनमा ७० हजार ४ सय ४१ जनाले सबै प्रकारको श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये नयाँ श्रमिकको संख्या ४१ हजार ८ सय ८९ जना छ ।

त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत जान श्रम स्वीकृति लिएको संख्या २९ हजार ४ सय ४७ र व्यक्तिगत श्रम स्वीकृति लिने श्रमिकको संख्या १२ हजार ४ सय ४२ रहेको छ ।

विभागको तथ्यांकअनुसार म्यानपावर कम्पनीमार्फत साउनमा युएईमा ९ हजार ३ सय ७५ जना, मलेसियामा ९ हजार १ सय ७०, साउदी अरेबियामा ३ हजार ७ सय ६९, कुवेतमा २ हजार ५ सय ५, कतारमा १ हजार ८ सय २५, साइप्रसमा ८ सय ६४, ओमानमा ८ सय ७, बहराइनमा ३ सय ७, माल्दिभ्समा २ सय ४२, जोर्डनमा २ सय ४२, जापानमा २ सय ३७, मौरिससमा ९५, मकाउमा ८ र हङकङमा १ जना गएका छन् ।

साउनमा २७ हजार ७ सय ४८ जनाको पुनः श्रम स्वीकृति भएको छ । सरकारले ‘जिटुजी’ मार्फत पठाउने दक्षिण कोरिया र इजरायलका लागि ७ सय १२ जनाको श्रम स्वीकृति भएको छ ।

समग्रमा साउनमा मुख्य श्रम गन्तव्य युएईमा सबैभन्दा बढी १८ हजार ७ सय ८४ जनाको श्रम स्वीकृति भएको छ । त्यसपछि मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरेबियाका लागि ८ हजार ६ सय १३ जनाको श्रम स्वीकृति भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif