Tuesday, 8th September, 2026
वि.स.

इजरायलमा १ हजार ४६४ नेपाली कामदार माग, २१ दिनभित्र आवेदन दिनुपर्ने

Untitled-design-(5)-1788844192.png

इजरायलमा सहायक कामदारका रूपमा रोजगारीका लागि १ हजार ४ सय ६४ नेपालीलाई अवसर खुलेको छ। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न १ हजार १३२ महिला र ३३२ पुरुषका लागि आवेदन आह्वान गरेको हो।

नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार विभागले मंगलबार आवेदन खुलाएको हो। छनोट हुने कामदारले मासिक न्यूनतम ५ हजार ८८१ इजरायली मुद्रा (एनआईएस) पारिश्रमिक पाउनेछन्।

आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। आवेदकको उचाइ कम्तीमा १।५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्ने विभागले जनाएको छ।

शैक्षिक योग्यताअन्तर्गत कक्षा १० उत्तीर्ण गरी कम्तीमा १५ महिनाको एएनएम वा सीएमए अध्ययन पूरा गरेको हुनुपर्नेछ। त्यस्तै, प्लस टु उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयर गिभरसम्बन्धी तालिम लिएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।

यसअघि इजरायल नगएका तथा परिवारका सदस्य (बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी) इजरायलमा कार्यरत नरहेका नेपालीले मात्र आवेदन दिन पाउनेछन्।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिनुपर्नेछ।

आवेदन स्वीकृत भएका उम्मेदवारको अंग्रेजी भाषाको परीक्षा हुनेछ। त्यसपछि अन्तिम छनोट इजरायलको सम्बन्धित निकाय पिवाले गोलाप्रथामार्फत गर्ने विभागले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०