Wednesday, 19th August, 2026
वि.स.

सुनको मूल्य तोलामा ९०० ले घट्यो

gold1-1608707052.jpg

 स्थानीय बजारमा बुधबार सुनको मूल्य ९ सयले घटेको छ। छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो ।  प्रतितोला ९०० ले घटेर बुधबार ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा बुधबार भने प्रतितोला  ९३ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ। 

यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भइरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif