Wednesday, 19th August, 2026
वि.स.

सुनको मूल्य तोलामा ८०० ले बढ्यो

gold1-1613893336.jpg

 स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आइतबार ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोबार भएकामा आइतबार ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा एक हजार ३३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा  एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा २५ ले वृद्धि भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif