Wednesday, 19th August, 2026
वि.स.

सुनको मूल्य घट्यो

gold1-1612772978.jpg

 स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भएको छ ।

आइतबार छापवाला सुन प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन पनि प्रतितोला २०० ले घटेको छ । आइतबार ९० हजार १५० मा कारोबार भएको तोजाबी सुन सोमबार ८९ हजार ९५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार १ हजार ३१० मा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३१५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif