Tuesday, 18th August, 2026
वि.स.

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

gold1-1614930464.jpg

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबारकालागि ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १२१५० रुपैयाँ तोकिएको छ । नेपाली सुन बजारको भाउ अन्तराष्ट्रिय मूल्य निर्धारणकै कारण प्रभावित हुन महासंघले जनाएको छ ।

यो साता आइतबारेदेखि शुक्रबारसम्म मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । यस्तै चाँदीको भाउ पनि एक सता भरीमा प्रतितोलामा ७५ रुपैयाँले सस्तो भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif