Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ तोलामा ६ सय घट्यो

gold1-1606630112.jpg

कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ६ सय रुपैयाँ घटेको छ ।

सुन आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif