Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ घट्यो

gold1-1607496938.jpg

केही दिन यता लगातार उकालो लगेको सुनको भाउ बुधबार भने सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ बुधबार ९३ हजार ४ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif