Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ घट्यो, चाँदी स्थिर

gold1-1607233098.jpg

 हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउमा उतार(चढाव आएकाले नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

आइतबार चाँदीको भाउ भने स्थिर छ । अस्ति शुक्रबार जस्तै आज पनि चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif