Tuesday, 25th August, 2026
वि.स.

सुनको भाउ अहिलेसम्मकै उच्च

tody-1591863291.jpg

सुन तोलाको ८९ हजार ६०० रुपैयाँ पुगेको छ। एकै दिन तोलाको एक हजार रुपैयाँले बढेर सुन अहिलेसम्मकै महँगो भएको हो।सरकारले भन्सार दर बढाएयता पहिलोपटक गत आइतबारदेखि सुनचाँदी बजार खुलेको छ। सुनको मूल्य तोलाको त्यस दिन ८७ हजार ४०० रुपैयाँ कायम गरिएको थियो।।

लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो।सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो।नेपाल सुन चाँदी ब्यवसायी महासंघले चाँदी तोलाको ९५० रुपैयाँ पुगेको जनाएको छ। हिजोभन्दा तोलामा १५ रुपैयाँले चाँदीको भाउ बढेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif