Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुनकोशीमा पानीमा तैरँदै गरेका तीन शव फेला

water-1623910920.jpg

 सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन्   पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन्।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए।

सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए।