Tuesday, 25th August, 2026
वि.स.

सुत्केरी महिलाको सरकारी अस्पतालले भर्ना लिन नमानेपछि मृत्यु

bimala-1599822298.jpg

मोरङको विराटनगरस्थित कोशी अस्पतालले भर्ना लिन नमानेर फर्काइएकी एक सुत्केरीको बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । प्रसुती व्यथाले च्यापेकी उनलाई कोशी अस्पताल पुर्‍याएकी विराटनगर महानगरपालिका–६ की ३० वर्षीया विमला ऋषिदेवको मृत्यु भइको हो ।

अस्पतालले अन्य अस्पताल लैजान भने पनि निजीमा लैजान उनीहरुसँग पैसा थिएन । निजी अस्पतालमा भर्नाका लागि पैसाको जोहो गर्दा गर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको आफन्तले बताएका छन् ।

सुकुम्बासी टोलमा बस्दै आएकी विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् । अढाई वर्षका १ छोराको १ वर्ष अघि खोलामा डुवेर मृत्यु भएको थियो ।

आफन्तका अनुसार यसअघि दुई पटक शल्यक्रिया गरेर प्रसुती गराइएकी विमलको तेस्रो पटक पनि शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले फिर्ता पठाएको थियो ।

निजी अस्पताल लैजानका लागि प्रयास गरिए पनि खर्चको जोहो हुन नसकेको स्थानीय बताउँछन् । विमलको परिवारसँग अन्तिम संस्कारका लागि समेत पैसा नभएकाले शव उठाउनै समस्या भएको थियो । पछि केही स्थानीयको पहलमा नेपाली कांग्रेसका नेता केदार कार्कीले आर्थिक सहयोग गरेपछि विमलाको अन्तिम संस्कार गरिएको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif