Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सिन्धुपाल्चोक : पहिरोमा पुरिएकामध्ये २ जनाको शव भेटियो

votekosi-1594894416.jpg

 भोटेकोशी गाउँपालिका ४ मा पहिरोमा परि हराइरहेका एकै परिवारका पाँच जनामध्ये आमा र छोरीको शव भेटिएको छ ।

आमा निमा स्याङ्बु शेर्पा र छोरी याङ्जी शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  पहिरोमा हराइरहेक छिरिङ्वागु शेर्पा, सुमबुट्टी शेर्पा र सेमङ शेर्पा अझै भेटिएका छैनन् ।

उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी भइरहेको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिनुभयो ।

पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०