thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

सिटिजन्स बैंकमा विभिन्न ११ पदका लागि जागिर खुल्यो

setinj-1731218840.png

सिटिजन्स बैंकमा विभिन्न ११ पदका लागि जागिर खुलेको छ । बैंकले आइतबार सूचना जारी गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा जागिर खुलाएको हो ।

बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि आवेदन माग गरेको छ । सिनियर अफिसर पदका निमित्त ८ र एसिस्टेन्ट म्यानजर पदका लागि १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै कानुन विभाग अन्तर्गत पनि क्लस्टर हेडको झैं पद र अनुभवसहित आवेदन आह्वान गरिएको छ ।

बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकको माग पनि गरेको छ । जुनियर अफिसरका लागि ५ वर्ष र अफिसरका लागि ७ वर्ष अनुभव हुनुपर्ने विज्ञापनमा खुलाइएको छ ।

यसैगरी बैंकले केही रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टलाई जागिर दिने भएको छ । डिजिटल बैंकिङ इकाइतर्फ ग्राहक अनुभव इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजर पदमा जागिर खुलेको छ । सुपरभाइजर पदमा आवेदन दिन ३ वर्षको अनुभव हुनुपर्नेछ । यसैगरी बैंकले केही डेभलपरलाई पनि जागिर दिँदैछ ।

बैंकले आईटी विभागमा आईटी एमआईएस इकाइ र आईटी सपोर्टमा केही कर्मचारी राख्ने भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०