Friday, 21st August, 2026
वि.स.

सिंहदरबार बदल्न लालबाबुले गरेको संघर्ष अब पुस्तकमा

Pandit-1509014697.jpg

एमाले नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितको जीवनीपुस्तक (आत्मकथा) प्रकाशित हुने भएको छ। सामान्य प्रशासन मन्त्री बनेर चर्चाका आएका पण्डितको उक्त पुस्तक नेपालय पब्लिकेसनले प्रकाशन गर्न लागेको हो।

‘सिंहदरबार बदल्ने संघर्ष’ नाम दिएको उक्त पुस्तक युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा तयार पारिएको हो। ‘पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनीपुस्तक तराइवासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको छ’, नेपालय द्वारा जारी सन्देमा जनाइएको छ। 

‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्नथालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु।’ उनले समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेविश्वास लिएका छन्।

‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु।’ उनले डिभी र पिआर लिएकाले सरकारी जागिर छोड्नु पर्ने, अत्याधिक चाय हुने सरकारी कार्यालय बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्नु पर्ने लगायतका लोकप्रिय काम गरेका थिए।

पद प्राप्तिका लागि कसैसँग सम्झौता नगर्ने पण्डित पछिल्लो समयका सुधारवादी काम गर्ने केही मन्त्रीमा पर्दछ्। ‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ ।’

‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामक उक्त पुस्तक यसै महिनाभित्र आम पाठकसामू पु¥याउने तयारी प्रकाशकले गरेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif