Sunday, 23rd August, 2026
वि.स.

सालकको खपडा सहित मकवानपुरबाट ३ जना पक्राउ

manahari123-1591336218.jpg

 मकवानपुर प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षीय अबमिकल घलान र चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोली बिहिबार दिउँसो मनहरी–७ बाट पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट ६ सय ५० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुर पठाईएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०