Wednesday, 26th August, 2026
वि.स.

सार्वजनिक स्थानमा मेला,जात्रा नमनाउन मकवानपुर प्रशासनको अनुरोध

makawanpur1-1606282216.jpg

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनि स्थलमा हुने विभिन्न कार्यक्रम रोक लगाएको छ । प्रशासनका सूचना अधिकारी देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति र सामाजिक परम्परा अनुसार सार्वजनिक स्थानमा पर्व नमनाउन, जात्रा तथा मेलाको आयोजना नगर्न भनिएको छ ।

सार्वजनिक स्थानमा भीडभाड गर्दै जात्रा, मेला तथा पर्व संचालन गर्दा कोरोनाको जोखिम झनै बढ्ने भएकोले उक्त कार्य नगर्न निर्देशन गारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी गर्तौलाले बताए । संस्कृति र सामाजिक महत्व बोकेका चाडपर्वहरुलाई घर परिवारकै सदस्यहरुबीच मनाउन आग्रहसमेत गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif