Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सार्वजनिक सवारी भित्र सामूहिक बलात्कार : दुई जना पक्राउ

14-1601805728.jpg

लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। भक्तपुर नगरपालिका ८ मा शुक्रबार सार्वजनिक सवारी साधनभित्र किशोरीको बलात्कार भएको हो। 

बा ३ ख २६१२  नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर बलात्कार गरेको आरोपमा उक्त बसका चालक र सह-चालक पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी केशव थेबेका अनुसार गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका-१० का २२ वर्षीय निरकुरमार खड्का र  सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सह-चालक २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परेका हुन्। अर्को एकजना भने फरार छन्। उनको खोजी भइरहेको डीएसपी थेबेले जानकारी दिए। 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०