Wednesday, 1st July, 2026
वि.स.

सामुदायिक विद्यालयका शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालीम

थाहा नगरपालिका शिक्षा समितिको आयोजनामा सामुदायिक विद्यालयहरुका लागि तीन दिने सूचना प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि तालीम विकास घरमा शुरु भएको छ । तालीममा मकवानपुर नामटारको बसीफाँट मावि र थाहानगरका ३० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालीमका सहभागीहरुलाई शिक्षा विभागका उपनिर्देशक डा.बाबुराम ढुङ्गाना, शिक्षा मन्त्रालयको उपसचिव बद्री बहादुर पाठक र शिक्षा मन्त्रालयका कम्प्युटर अपरेटर मिलन शाहले सहजीकरण गरिरहेका छन् ।

सामुदायिक विद्यालयहरुको पहुँच सूचना प्रविधिमा बढाउने र अध्ययन अध्यापनलाई सूचना प्रविधिसंग जोड्ने उद्देश्यले तालीम दिइएको थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछानेले बताए । कार्यक्रममा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियार, जनकल्याण उच्च माविका प्राचार्य सानोभाइ कार्कीलगायतकाको सहभागिता रहेको थियो ।