Tuesday, 25th August, 2026
वि.स.

सामुदायिक कन्ट्याक ट्रेसिङका १ सय ३० को पिसिआर रिपोर्ट आयो

samudaya-1598711520.jpg

मकवानपुर थाहा नगरपालिकाका १ सय ३० को पिसिआर रिपोर्ट आएको छ । सामुदायिक कोरोना भाइरस कन्ट्याक ट्रेसिङ परीक्षण अन्तर्गत नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा वडा नम्बर ६ को प्यासिफिक सहकारी र विसिङ्खेलका १ जनाबाट संकलन गरी पठाइएका स्वाबको पिसिआर रिपोर्ट आएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको स्वाब परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको थाहानगर क्वारेन्टिन इन्चार्ज डाक्टर उदय रोकाले जानकारी दिए । समुदायमा कोभिड–१९ परीक्षण अन्तर्गत यसअघि टिष्टुङका ४१ जनाको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । 

यहि १० र ११ भाद्रमा संकलन गरेको स्वाबको नतिजा १३ भाद्रमा आएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif