Thursday, 20th August, 2026
वि.स.

सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत

सरकारले ११ मंसिरदेखि सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत गरिएको छ । 

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) मनहरी गाउँपालिका कमिटीले सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गर्दै मनहरी बजारमा दीप प्रज्वलन गरेको हो । मनहरी बजारको मुख्य चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै क्युपेक नेपालका केन्द्रीय सदस्य राजु आचार्यले सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बेला बेलामा बहस र छलफल भई क्युपेकसहितका श्रमसम्बद्ध संगठनहरुले दबाब दिइरहेकोमा अहिले आएर मूर्त रुप लिएको बताए । यो कार्यक्रमले समग्र मजदुर क्षेत्रलाई उत्साहित बनाएको उनले सुनाए । 

कार्यक्रमलाई सम्बोधन गर्दै क्युपेक मकवानपुरका कोषाध्यक्ष मनोज सुवेदीले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको अबधारणाले मूर्त रुप पाएकोमा खुसी व्यक्त गरे । पत्रकार शिवकुमार काशीले पनि मजदुहरु आर्थिक र भौतिक रुपमा सुरक्षित हुने अबस्था सामाजिक सुरक्षा कार्यक्रमे ल्याएको भन्दै सरकारलाई धन्यवाद दिए । क्युपेक नेपाल मनहरी गाउँपालिका अध्यक्ष गोविन्द घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपाल आबद्ध मजदुरहरु, शिक्षक, युवाहरु सहभागी रहेका थिए ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif