Wednesday, 26th August, 2026
वि.स.

साईप्रसमा नेपाली विद्यार्थीद्वारा आत्महत्या

aatmahatya-1604641349.jpg

साईप्रस, युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।

साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा–१४ धर्मस्थली बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्महत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली सघं साईप्रसका सचिव महासचिवका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले उनको शवलाई नेपाल पठाउन केही समय लाग्ने भएकोले नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसगं समन्वय भइरहेको जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif