nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

साइनिङ स्टारलाई इलाकास्तरीय भलिबलको उपाधि 

A-sports-1477880460.jpg

मकवानपुरको आग्रामा संचालन भइरेहेको इलाका स्तरीय भलिबल प्रतियोगितामा १४ टिमलाई उछिन्दै साइनिङ स्टार युवाक्लब आग्रा–६ ले उपाधि जितेको छ । उपाधिसंगै साइनिङ स्टारले नगद बीस हजार, शिल्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगितामा ग्रिन कम्युनिटी आग्रा ४ दोस्रो र ह्याप्पी ब्वाईज आग्रा–५ तेस्रो भएको छ । उपविजेता ग्रिन कम्युनिटीले नगद पन्ध्र हजार र ह्याप्पी ब्वाइजले नगद दशहजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र हात पारेका छन् । आग्रा गाविसका प्राविधिक सहायक चन्द्र बहादुर थिङले विजेता, उपविजेता तथा सहभागी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट लिफ्टर ग्रिन कम्युनिटीका विवेक मोक्तान, वेस्ट स्पाइकर ग्रिनकै सन्जीव मोक्तान घोषित हुँदा उत्कृष्ट खेलाडी साइनिङ स्टारका राजकुमार थिङ घोषित भए । पुरस्कार वितरण कार्यक्रम आयोजक सशक्त युवा क्लब आग्रा–६ चिसापानीका अध्यक्ष दावाराम थिङको सभाध्यक्षतामा भएको थियो ।
 



default.png

शुभराज गोले

shubharaj.tamang@gmail.com