Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

accident-new-1596440673.jpg

काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पारी ३ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(७ कालोपुलस्थित बा६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

 पर्साको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलस्थित सडकमा बा.१२ प ७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका(३ बिजवनिया बस्ने ३० वर्षीय कालु तिवारीको मृत्यु भएको छ । दुर्घटनामा घम्भीर घाइते भएका उनको उपचारको लागी पोखरिया अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यसैगरी भोजपुरको आमचौक गाउँपालिका-३ हाँगातुङस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ त ५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक दिसङला बस्ने २८ वर्षीय दिपक कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी बलंखामा उपचारको क्रममा मृत्यु भएको हो ।    



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०