Tuesday, 25th August, 2026
वि.स.

सर्पले डस्दा २ वर्षीय बालकको मृत्यु

baby1-1600504583.jpg

 पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो ।बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ । उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif