Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारी अनुदान बिनै कुन्छालबासीले बनाए शवदाह स्थल 

sabdahaa-1591694793.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ कुन्छालका गोपाली समुदायले शवदाह स्थल बनाएका छन् । उनीहरले कुनै सरकारी तथा गैर सरकारी निकायसंगको आर्थिक सहयोग विना नै शवदाह स्थल बनाएको निर्माण अभियान्ता निराजन गोपालीले बताए ।

थाहा नगरपालिका १ को कुनछाल खोलामा रहेको गोपाली समुदायको परम्परागत शवदाह स्थललाई थप व्यवस्थित बनाई पानी परेको बेलामा समेत सजिलै शव अन्त्योष्टि गर्न सजिलो होस भन्ने उद्देश्यले शवदाह स्थल बनाइएको हो । 

करिब ३ लाखको लागतमा निर्माण गरिएको उक्त शवदाहको लागि गोपाली समुदायले प्रति घरधुरी एक हजार रुपियाँको दरले चन्दा उठाएका थिए । नगदसहित गोपालीहरुले प्रति घरधुरी २ दिन अनिवार्य श्रमदान गरेको गोपालीले बताए । कुन्छाल र गहते तथा कुलगाउँमा गरी २ सय ७५ घरधुरी गोपालीहरु रहेका छन् ।  शवदाह निर्माणको नेतृत्व पुर्ण बहादुर गोपालीले गरेका थिए ।