Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

समुदायस्तरमै कारोना फैलिएको भन्दै राक्सिराङमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

Raksirang-1599827923.jpg

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएको र बढ्दो जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकामा अत्यावश्यक र विद्युतिय माध्यमबाट प्रदान गरिने बाहेकका सबै सेवाहरु बन्द रहने जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले २६ भाद्रमा अत्यन्त जरुरि सूचना जारी गर्दै कोभिड-१९ संक्रमण राक्सिराङ गाउँपालिकाको समुदायस्तरमै फैलन सुरु गरेकोले बढ्दो जोखिमलाई मध्यनजर गर्दै असोज २ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहने जनाएका छन् । उनले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाको कार्यलय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय समेत भएको बताएका छन् ।

उनले भनेका छन्,”विश्वव्यापी महामारीको फैलिएको कोभिड-१९ को संक्रमण राक्सिराङ गाउँपालिकाको समुदायस्तरमै फैलन सुरु गरेकोले बढ्दो जोखिमलाई मध्यनजर गर्दै राक्सिराङ गाउँ कार्यपालिकाको कार्यलय र चैनपुर क्षेत्र आजको मितिबाट सिल गर्ने निर्णय गरिएको हुँदा सो क्षेत्रमा रहेका बैंक,वित्तीय संस्था,संघसंस्था,होटल एवम् पसलहरु समेत २०७७/०६/०२ गते सम्मका लागि बन्द गर्न हुन सम्बन्धित सबैलाई अनुरोध छ ।”

उनले भनेका छन्,”सक्रमितहरुको सम्पर्कमा आएका र मिल्दाजुल्दा देखिएका ब्यक्तिहरुले तत्कालै गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्नहुन समेत अनुरोध छ ।”



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०