Thursday, 2nd July, 2026
वि.स.

समायोजनले स्थानीय तहमा बजेट कार्यान्वयनमै कठिनाइ: गाउँपालिका राष्ट्रिय महासंघ

Pradesh-Gaupalika-1553854508.jpg

कर्मचारी समायोजनले स्थानीय तहमा कर्मचारीको झन खाँचो गराएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । 

गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको १५ चैतमा काठमाण्डौंमा सम्पन्न बैठकले स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि मुख्य मन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रदेश सदस्य तथा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 

एकातिर स्थानीय तहमा कर्मचारी भर्ना गर्न संघीय सरकारले अंकुल लगाउनू अर्कोतर्फ कर्मचारीको रोजाईमा स्थानीय तह नपर्नुले बजेट कार्यान्वयनमै बाधा भएको बैठकको निष्कर्ष रहेको सदस्य उप्रेतीले बताए । ‘यसका लागि यहि चैत १९ गते मुख्य मन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराउँछौं’– उप्रेतीले भने । 

स्थानीय तहमा बजेट कार्यान्वयनको मध्ये बेलामा वडा सचिव मात्र नभई कतिपय स्थानीय तहमा लेखाको कर्मचारी समेत अभाव रहेकोले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशले संयुक्त रुपमा मुख्य मन्त्रीको ध्यानाकर्षण गराउने निर्णय भएको उनले जानकारी दिए ।  
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०