Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

समाजसेवी 'पुर्णध्वज'को स्मृतिमा शिखरकोटमा दीप प्रज्वलन

naya-pp-1591585628.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का पुर्णध्वज केसीको स्मृतिमा २५ जेठ शिखरकोटमा दीप प्रज्वलन गरिएको छ । उनको सम्झनामा मौन धारण पनि गरिएको छ । शिखर क्लब, शिखरकोट बजार व्यवस्थापन समिति तथा पालुङको  संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको पालुङ जेसीज वर्ष २०२० का उपाध्यक्ष निरज रायमाझीले जानकारी दिए । 

२२ जेठमा चित्लाङ–थानकोट सडक खण्डको सेतो पहरा नजिकै जेसीबि दुर्घटना भएर गम्भीर घाइते भएका केसीको काठमाण्डौंमा उपचारको क्रममा निधन भएको थियो ।
 
स्थानीय समाजसेवीको रुपमा परिचय बनाएका केसी शिखर क्लबका उपाध्यक्ष, शिखरकोट बजार व्यवस्थापन समितिका उपाध्यक्ष, पालुङ जेसीज वर्ष २०२० का जनसम्पर्क अधिकारीलगायत अन्य थुपै सामाजिक संघसंस्थामा रहेर काम गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रमको अवसरमा आयोजक संस्थाहरुले निधन भएका केसीको परिवारलाई सहयोग गर्ने जनाएको छ । १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गर्ने जानकारी दिदै आयोजक संस्थाहरुले सहयोगका लागि सबैलाई अनुरोध गरेको छ । वि.सं. २०४४ साल  असोज २ गते शिखरकोटमा जन्मिएका केसीको परिवारमा आमा, श्रीमती, एक छोरी र दुई छोरा छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०