nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

समतमा भानुलाई सम्झँदै 

Bhanu-1626579823.jpg

पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३८ औं शृङ्खला सम्पन्न भएकाे छ । कोभिड–१९ को असरमा पनि पोयुसापले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै आएको हाे । २०८ औ भानुजयन्तीको सन्दर्भमा पोखरेली युवा साँस्कृतिक परिवारले भच्र्युल रुपमा भानुका रचना वाचान कार्यक्रम गरिएकाे छ । 

कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति सरुभक्तले भानुले जस्तो लोकको हित हुने साहित्य लेख्नुपर्ने बताए । वर्षको एक दिन असार २९ वा त्यसैको हप्ता सेरोफेरोमा गरीने कार्यक्रमले मात्रै भानुको उचित सम्मान नहुने बताउँदै भानुकाबारेमा अझधेरै गर्न बाँकी रहेको औंल्याए । पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पदमराज ढकालले अमेरिका बसाइमा पनि आँफुले साहित्य,कला र सङ्गीतको उत्थानमा लागी रहेको बताए । कार्यक्रममा सुबिन रिमाल, सुर्दशन पौडेल, सन्ध्या देवकोटा, सुमित्रा रिमाल, शोभा खनाल, रमा खतिवडा, अम्बिका प्रसाद भट्टराई, शिव संकल्प, शिव त्रिपाठी लगाएत कविहरुले भानुका  रचनाहरु वाचन गरेका थिए । 

परिवारका साहित्य सँयोजक रिता अधिकारीले स्वागत मन्तव गरेकीथिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पोयुसापका सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।  
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)