Wednesday, 26th August, 2026
वि.स.

सप्तरीमा जंगली हात्ती मृत अवस्थामा फेला

hatti-1606029240.jpg

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए । सप्तरीको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट गाउँमा पसेको हात्ती मृत भेटिएको उनले बताए । मरेको हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै ठाउँमा गाड्ने तयारी भइरहेको कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif