Sunday, 23rd August, 2026
वि.स.

सदरमुकाम बाहिर स्वाब संकलन गर्ने थाहा नगरपालिका पहिलो

Swab-Test-1590154399.jpg

मकवानपुरको थाहा नगरपालिकाले जिल्लामै पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को जोखिममा रहेका नागरिकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ । 

सदरमुकाम बाहिर रहेको स्थानीय तहमध्ये थाहा नगरपालिकाले नै पहिलो पटक यसरी व्यक्तिको स्वाब संकलन गरेर पठाएको स्वास्थ्य थाहा नगरपालिलकाको संयोजक मेघराज बलामीले जानकारी दिए । थाहा नगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित पुरुष यात्रा गरेको सवारीको चालकको स्वाब ९ जेठमा संकलन गरेर कोभिड १९ परीक्षणका लागि हेटौंडा स्थित प्रयोगशालामा पठाएको हो । 

थाहा नगरपालिकाको ल्याब टेक्निसियन अनुपा तिमल्सिनाका, डाक्टर उदय रोका र डाक्टर सुबोध चापागाईको टोलीले यो कार्य गरेका हुन् ।  यसरी स्वाब संकलनका लागि स्वास्थ्य कार्यालय मकवानपुरबाट १२ थान भिटिएम सहयोग प्राप्त भएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०