Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सञ्चारकर्मी रवि लामिछाने हेटौंडामा

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले आज संयुक्त निवेदन दर्ता गराएका छन् । गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि आज उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका हुन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको आदेशमा चित्त नबुझेपछि हेटौंडामा आज संयुक्त निवेदन दर्ता गराएका हुन् ।

 गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका छन् । लामिछानेको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले भोलि प्रारम्भिक सुनुवाई गर्ने बताईएको छ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईले भोलि बहस तथा पैरवी गर्ने जनाईएको छ ।