Thursday, 2nd July, 2026
वि.स.

सञ्चारकर्मी ढकालको मोटरसाईकल दुर्घटनामा निधन

 हेटौँडा–१ भैरवडाँडामा भएको मोटरसाइकल दुर्घटनामा संचारकर्मी मनोहर ढकालको निधन भएको छ । राप्तिपुलबाट भैरवडाँडा पाथीभारा मन्दिर जाने सडकमा भएको दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

ना३३प ६३३८ नम्बरको मोटरसाइकललाई कुनै सवारीले ठक्कर दिएको वा पल्टिएर दुर्घटना भएको एकिन नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको शव हेटौँडा अस्पतालमा रहेको छ । पदमपोखरीको पाँचतल्लेस्थित बुद्ध मावि विद्यालयमा अध्यापन गर्ने ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०