Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सचिन श्रेष्ठ स्मृती कोषद्वारा पालुङमा छात्रवृत्ति वितरण

trust-1497673980.jpg

थाहा नगरपालिका वडा नम्बर २ का मा रहेको सचिन श्रेष्ठ स्मृती कोषले एक समारोहकाबीच पालुङका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पालुङ युुवा समाजले कार्यक्रमको आयोजना गरि छात्रवृत्ति वितरण गरिएको हो । कोषले थाहा नगरपालिका वडा नंम्बर २ का हृदयमान श्रेष्ठलाई छात्रवृत्ति दिएको हो । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् उनलाई नगद ८ हजार बराबरको नगद तथा जिन्सी छात्रवृत्ति प्रदान गरिएको हो ।

थाहा नगरपालिका वडा नंम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित अतिथीहरुलाई कार्यक्रम संयोजक प्रेमभक्त नापीतले स्वागत गरेका थिए भने कोष स्थापना सम्बन्धी जानकारी विजयमान श्रेष्ठले गराएका थिए । पालुङ युवा समाजका उपाध्यक्ष विजय विक्रम श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा राजु नापीतलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा विजयविक्रम श्रेष्ठले पालुङको नवकिरण बालक्लबलाई खेलकुद सामग्री वितरण गरेका थिए । 

यसअघि छात्रवृत्ति वितरणका लागि व्यक्ति छनौंट गर्न तीन सदस्यीय समिति बनाइएको थियो । 
वैदेशिक रोजगारीको क्रममा कोरियामा मृत्यु भएका सचिन श्रेष्ठको नाममा स्मृति कोष स्थापना गरिएको स्थानीय निरोज प्रधानले जानकारी दिए । कोषको संस्थापक राजेश श्रेष्ठ हुन् ।