Thursday, 20th August, 2026
वि.स.

सचिनको स्मृतिमा पालुङमा छात्रवृत्ति र सम्मान 

SAMAJ-1561869578.jpg

पालुङ युवा समाजले सचिन श्रेष्ठ स्मृति छात्रवृत्ति वितरण गरेको छ । मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा स्थापना भएको समाजले वर्षेनी गर्दै आएको कार्यक्रमलाई यसपालि पनि निरन्तरता दिएको हो । छात्रवृत्ति वितरणका अवसरमा वृद्धवृद्धा सम्मान पनि भएको समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठले जानकारी दिए । 

थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष नितेश प्रधानले गरेका थिए । कार्यक्रम वडा कार्यलयको सभाहल पालुङमा भएको हो । प्रमोद श्रेष्ठले संचालन गरेको कार्यक्रममा राजु नापित, श्याभक्त श्रेष्ठ, दिपेन्द्र प्रधान, जंगली राजकुमार श्रेष्ठ, राजेश श्रेष्ठ तथा निरञ्जन श्रेष्ठको आतिथ्यता रहेको थियो ।
 
वैदेशिक रोजगारीको क्रममा कोरियामा मृत्यु भएका सचिन श्रेष्ठको स्मृतिमा पालुङ युवा समाजले स्थापना गरेको छात्रवृत्ति कोषबाट वर्षेनी आर्थिक रुपमा विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसवर्षको छात्रवृत्ति साविक पालुङ वडा नंं ६ का पवन श्रेष्ठ, कशिस श्रेष्ठ र संगिता श्रेष्ठले छात्रवृत्ति पाएकाछन् । 

समाजले ज्येष्ठ नागरिकहरुको योगदानको कदर गर्दै यस वर्षबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि संचालन गरेको छ । समाजले यस वर्ष साविक पालुङ ६ का अष्टमान श्रेष्ठ, गोपाल श्रेष्ठ र माया श्रेष्ठलाई सम्मान गरेको समाजका अध्यक्ष श्रेष्ठले जानकारुी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif