Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

संचारकर्मीसहित १४२ जनामा कोरोना संक्रमण

covide-1598167601.jpg

 पर्सामा एकै दिन थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती ३ सय २० जनाको स्वाब परीक्षण गर्दा पर्साका  मात्रै १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । 

वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना संचारकर्मी , नेशनल मेडिकल कलेजका ३ , भवानी अस्पताल र तराई हस्पिटलका १र१ गरी ५ जना डाक्टर र जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा संक्रमण भेटिएको हो ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १ पिपराका १६ जना , वीरगन्ज छपकैयाका १० जना , पर्साकै विन्दवासीनी गाँउपालिकाका ९ जना र पर्सागढी नगरपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

वीरगन्ज सिर्सियास्थित सुख्खा बन्दरगाहका २ जनामा पनि संक्रमण भेटिएको छ ।  थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०