Tuesday, 25th August, 2026
वि.स.

संचारकर्मीको पहलमा मकवानपुरका मृगौला पीडितलाई आर्थिक सहयोग

help-1600340911.jpg

संचारकर्मी राजेश थापा ‘गरिब’ को पहलमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ का मृगौला पीडित उद्धवराज ढकाललाई २१ हजार ३ सय सहयोग प्राप्त भएको छ ।

बुधबार पीडित ढकालकै घरमा पुगि सो रकम हस्तान्तरण गरिएको हो । संचारकर्मी गरिबले विभिन्न व्यवसायीहरुबाट प्राप्त भएको सहयोग रकम सहयोग गरिएको बताए । उनले पीडित ढकालको उपचारको लागि सकेको रकम सहयोग गर्न समेत आग्रह गरेका छन् ।

ढकाल विगत ७ वर्ष देखि मृगौला पीडित रहेका ढकालले आफ्नो उपचारको क्रममा ३० लाख भन्दा बढी खर्च भईसकेको बताएका छन् । आफ्नो खेती योग्य जग्गा बचेर डाईलोसिस गराईरहँदा उक्त खर्च भएको उनको भनाई छ । उनले अब मृगौला प्रत्यारोपणको लागि करिब ८० लाख खर्च लाग्न सक्ने डाक्टरले बताएको जानकारी दिए । उनले आफ्नो जिवन रक्षाको लागि सबैलाई सकेको सहयोगको गर्न अपिल गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif