Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

संघद्वारा प्रहरीलाई टेलिभिजन सहयोग

हेटौंडा, श्रावण १० । मकवानपुर उद्योग वाणिज्य संघले आज जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई एक थान ४२ इञ्च एलइडी टेलिभिजन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आफ्नो परिसरमा चमेना गृह, बालबालिका कक्ष, प्रकोप सामग्री कक्ष, आपतकालीन कक्ष, प्रतिक्षालय सहितको ५ कोठे नवनिर्मित भवनमा राख्नका लागि संघका अध्यक्ष राजकुमार न्यौपानेले सो टेलिभिजन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामालाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा प्रहरी नायब उपरीक्षक बामदेव गौतम, संघका कार्यसमिति सदस्य अमृत दहाल लगायतको उपस्थिति रहेको थियो ।

सो नवनिर्मित भवनको भोलि श्रावण ११ गते प्रहरी नायब महानिरीक्षक गणेश के.सी.ले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।