Sunday, 23rd August, 2026
वि.स.

संक्रमितलाई आइसोलेशनमा लैजान १० राउण्ड हवाइफायर

corona-1590738993.jpg

इशनाथ नगरपालिकाको जोकाहाटोलमा रहेका कोरोना संक्रमितलाई अन्यत्र उपचार गर्न लैजान लागेको भन्दै प्रहरी र स्थानीयबीच झडप भएको छ ।  इशनाथ नपा ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा बनाइएको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमित भएका दुवैजनालाई उपचारका लागि जिल्ला कै गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन शुक्रबार बिहान चिकित्सक र सुरक्षाकर्मीको टोली पुग्दा विवादले उग्ररुप लिएपछि झडप भएको बताइएको छ ।

स्थानीयले कोरोना संक्रमितलाई जोकाहामा नै राखेर उपचार गर्नुपर्ने माग राख्दै विरोध गरेको इशनाथ नगरपालिका प्रमुख सन्तोष मेहताले जानकारी दिए । संक्रमित रहेको स्थान जोकाहाबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटर टाढा रहेको छ । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गरेपछि विवाद हुँदा झडप भएको गर्दै मेयर मेहताले बताए।

स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड भन्दाबढी हवाई फायर गरेको जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०