Tuesday, 18th August, 2026
वि.स.

श्रीमानसँगै होटलमा बसेकी महिलाको शव फेला

d-body-1616567545.jpg

जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ ।  रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुरधाम आएकी थिइन् ।

श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । मृतकका पति विश्वास श्रीपालीले होटलको पाँचौं तलाबाट खसेर सिर्जनाको मृत्यु भएको बताएका छन् । विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट गाउँ फर्केको प्रहरीसमक्ष बयान दिएका छन् ।

सिर्जनाको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जनाए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif