Tuesday, 25th August, 2026
वि.स.

श्रीमतीलाई खुर्पा प्रहार गरि श्रीमानले गरे आत्महत्या

sucide-1595759408.jpg

चितवनमा एक ३३ वर्षीय युवकले श्रीमतिलाई धारिलो हतियार प्रहार गरि आफूले आत्महत्या गरेका छन् । माडी नगरपालिका–९ प्याउलीमा २९ वर्षीया श्रीमती शोभा विकलाई खुर्पाले हानेर घाइते बनाएर श्रीमान धने विकले आत्महत्या गरेका हुन् ।

घरायासी विवादका क्रममा श्रीमतीलाई गएराति खुर्पाले हानेका विक आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार विकको प्रहार घाइते बनेकी शोभा राति नै माइतिमा गएर बसेकी थिइन् । घाइते अवस्थामा रहेकी शोभाको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिएका छन् । उनको हातका औंला तथा कुहिनामा चोट लागेको विश्वकर्माले बताए ।

श्रीमतिले प्रहरीमा उजुरी गर्न सक्ने भन्ने डरले विकले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । मृतक धनेको शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif