Tuesday, 18th August, 2026
वि.स.

श्रीमतीको हत्या गर्ने श्रीमान हेटौंडामा पक्राउ

191604623_291286058900176-1621908665.jpg

मकवानपुरमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बारा निजगढ नगरपालिका रामथली घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित सडक छेउको टहरामा बस्ने ५४ वर्षीय माइला भन्ने कृष्ण बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनले जेष्ठ ९ गते ४२ वर्षीया श्रीमती सुनिता थापा मगरमाथि कुटपिट गरी हत्या गरेका थिए । हत्यापछि शवलाई हेटौंडा–१० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा लगेर फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

सुनिताको शव जेष्ठ ९ गते दिउँसो हेटौंडा–१० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा वेवारिसे अवस्थामा फेला परेको थियो । मोक्तानलाई सोमबार आजै हेटौंडा–८ कमानेबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif