Wednesday, 19th August, 2026
वि.स.

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

विजया दशमीको अवसरमा शान्तिपुर दैनिक र विकास खबरपत्रिका साप्ताहिक प्रकाशन समूहले  थाहानगरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

शान्तिपुर दैनिक आवद्ध सहकर्मी, शुभचिन्तक र लियो क्लब अफ पिस थाहाको सहभागितामा शान्तिपुर दैनिकले होटल फेमिलीमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा शान्तिपुर दैनिकका प्रकाशक/सम्पादक कुमार नेगी, प्रकाशन सल्लाहकार अच्युतमप्रसाद ढकाल, सल्लाहकार सम्पादक सुरेन्द्रमान प्रधान, कार्यकारी सम्पादक सुरजकुमार भुजेल, प्रमुख बजार व्यवस्थापक सानोबाबु मोक्तान, प्रमुख सम्वाददाता उमेश थिङ, सम्वाददाताहरु निराजन गोपाली, रामकाजी महर्जन, बजार प्रतिनिधि, प्रवर्धकहरु लगायतको सहभागिता रहेको थियो  । 

कार्यक्रममा सहभागीहरुले शान्तिपुर दैनिकले उत्तरी मकवानपुरमा छोटो समयमा नै लोकप्रियता हासिल गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना आदानप्रदान गरेका थिए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif