nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शिवम् विरुद्ध प्रशासन कार्यालयमा ज्ञापन पत्र

शिवम् सिमेन्टले उत्खनन्् गर्दै आइरहेको खानी क्षेत्र भित्रका स्थानियमा कवुल गरेको माग पुरा नगरेको भन्दै १८ माघमा मकवानपुरको गढि ४ का स्थानिय संघर्ष समितिले जिल्ला प्रसासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 

हेटैडा उपमहानगरपालिका २८ हटियामा संचालित शिवम् सिमेन्ट उद्योगले आफ्नो उत्पादन र उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पदान तथा ओसार पोसार गर्ने क्रममा मानिसको स्वाथ्यमा प्रतिकुल असर पर्ने, प्राकृतिक जिवजन्तु रुख विरुवाको अधिक क्षति,वातावरण प्रदुषण जस्ता विषयहरुलाई ध्यान नदिई अधिकरुपमा उद्योगमा आवश्यक कच्चा पदार्थ उत्खन्न् गरेको भन्दै सुरक्षा निकाय, उपभोक्त हित संरक्षण, पत्रकार महासंघ मकवानपुर लगायत सम्पूर्ण रानितिकदललाई संयूक्त रुपमा ज्ञापनपत्र बुझाएको छ । 

उद्योगबाट उत्पादित धुलोले उद्योग क्षेत्रका वासिन्दाहरुलाई आक्रान्त भइरहेको अवस्थामा पनि उद्योगले कुनै चासो नदिका,े उत्खनन् गरि मकवानपुर बुढिचौर,सुकौरा,छतिवान आँमभञ्याङ गढि गाविसका वस्तिहरु जोखिममा परेको भन्दै अधिक रुपमा उत्खनन् गरिरहेको खानी बन्द गर्न, वातावरण प्रदुषण नियन्त्रण तथा संक्षरण गर्न,, त्यस क्षेत्रको वासिन्दालाई रोजगारीको व्यवस्था गर्नु पर्ने माग राख्दै १३ वुँदे ज्ञापन पत्र बुझाएको स्थानिय सर्घष समिति गढि ४ का दलबहादुर बज्यूले जानकारी दिए । माग पुरा नगरेको खण्डमा चरणवद्ध सर्घषमा जाने चेतवानी समेत दिएको छ ।