Wednesday, 19th August, 2026
वि.स.

शिखरकोटदेखि नौखण्डेसम्म ९७ वटा साना पहिरो, खाप्लुङ र देउरालीमा बढी जोखिम

pahiro-1625322218.jpg

थाहा नगरपालिकाको शिखरकोटदेखि त्रिभुवन राजपथको नौखण्डेसम्म ९७ वटा स–साना पहिरो झरेका छन् । सो खण्डमा अविरल र भारी वर्षाका कारण १८ असार रातीसम्म खसेको स–साना पहिरो गन्दा ९७ वटा देखिएको छ । 

थाहा टाइम्सका सम्वादाताले १९ असारमा माथिबाट खसेर सडक र नालीसम्म आइपुगेका पहिरोको स्थलगत अध्ययन अवलोकन गर्दा सो सङ्ख्यामा देखिएको हो । यसले सवारी आवागमनमा जोखिम देखिएको छ । अर्को भारी वर्षा भएमा ती स–साना पहिरोले पनि सडक सञ्चालनमा समस्या आउने देखिएको छ । 

सो खण्डमा झरेका पहिरोमध्ये देउराली र खाप्लुङमा बढी जोखिम देखिएको छ । माथिबाट ठूलो मात्रामा पहाडको बाहिरी भाग खसेको छ । ती दुवै स्थानमा पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । सडक विभाग र नेपाल प्रहरीको अगुवाइमा सडक छोपिएको  पहिरो पन्छाएपछि यातायात सुचारु भएको थियो । 

अहिले देउराली र खाप्लुङको पहिरो गएको स्थानमा सडकको कालोपत्रे पुरिएर दलदलको अवस्था रहेको छ । सानो वर्षाले पनि सो स्थानमा पहिरो खसेर पुनः सडक अवरुद्ध हुने देखिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif