Tuesday, 25th August, 2026
वि.स.

शिखरकोटको कृष्ण मन्दिर नखुल्ने, घैटो फुटाउने प्रतियोगिता पनि स्थगित

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा कृष्णाष्टमीका दिन यस वर्ष २७ साउनमा लाग्ने मेला नहुने भएको छ । कोरोना भाइरसको उच्च जोखिमका कारण शिखरकोटको कृष्ण मन्दिर नै नखुल्ने शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । 

कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न यसवर्ष घरघरमै पुजाआजा गरी कृष्णाष्टमी मनाउन थाहा नगरापालिका ३ का वडा अध्यक्ष राजेश केसीले श्रद्धालुहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, कृष्णाष्टमीको भोलिपल्ट मनाइने घैंटो फुटाउने जात्रा पनि यो वर्ष नहुने भएको छ । कोरोना भाइरसको जोखिमको कारण सयवर्ष २८ साउनमा परेको उक्त घैंटो फुटाउने जात्रा शिखरकोट बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको थियो । घैंटो फुटाउने प्रतियोगितासहित हुने जात्रामा थाहा नगरबाहेक टाढाटाढाका हजारौं दर्शकहरु आउने गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif